२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

भारतमा बिल्डिङको लिफ्ट (एलिभेटर) चुँडिदा ७ जनाको मृत्यु

दाङ, भदौ २९। भारतको अहमदबादमा एक निर्माणाधीन बिल्डिङको लिफ्ट (एलिभेटर) चुँडिदा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

घटना बुधबार बिहानको हो। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बिल्डिङको नवौं तलामा निर्माणको काम भइरहेको थियो। मजदूरहरु लिफ्टबाटै सामान ओसार्दै थिए। सोही क्रममा लिफ्ट चुँडिएको हो।

लिफ्ट सातौँ तलामा पुग्नासाथ चुडिँएर खसेको थियो। लिफ्टमा ८ जना मजदुर थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?