२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

पाकिस्तानमा बाढीमा परी १५ जनाको मृत्यु

दाङ, असोज ४। पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी १५ जनाको मृत्यु भएको छ। बाढीमा मृत्यु हुनेमध्येमा एक शिशु र तीन जना महिला छन्।
देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीसम्बन्धी घटनामा हालसम्म एक हजार पाँच सय ५९ जनाको मृत्यु भएको छ। बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ५० जना घाइते भएका छन्।

बाढीले १९ लाख ७९ हजार घर ध्वस्त भएका तथा नौ लाख ७३ हजार ६३२ चौपाया मरेका छन्। बाढीले १२ हजार ७१६ किलोमिटर सडक र ३७४ वटा पुलमा क्षति भएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?