२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

भारतमा चट्याङ लागेर २१ किसानको मृत्यु

दाङ, असोज ४। भारतको पूर्वी राज्य बिहारमा वर्षाका बीच चट्याङ पर्दा २१ जनाको मृत्यु भएको छ।

बिहारको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक अधिकारीले मंगलबार टेलिफोनबाट सो घटनाको पुष्टि गरेका हुन् । कृषिकर्ममा व्यस्त भएका बेलामा उनीहरूको ज्यान गएको हो ।

बिहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?