२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

युक्रेनको सहर दोनेत्स्कमा हमलामा १२ जनाको मृत्यु

दाङ, असोज ५। पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर दोनेत्स्कमा भएका शृंखलाबद्ध विस्फोटनमा १२ जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य केही घाइते भएका छन् । आक्रमणको युक्रेनकी पक्षले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

दोनेत्स्कलाई सन् २०१४ देखि रुस समर्थित विद्रोहीले नियन्त्रणमा राखेका छन् । विशेषगरी युक्रेनमा रुसले हमला सुरु गरेपछि मस्कोले उक्त सहरलाई निशाना बनाएको विद्रोहीहरूले बताउँदै आएका छन् । यसअघि पनि उक्त सहरमा बारम्बार मिसाइल आक्रमण र गोलाबारी भएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?