२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

गाजामा भीषण आगलागीमा परी २१ जनाको मृत्यु

एजेन्सी, मंसिर २ । उत्तरी गाजा पट्टीको एक आवासीय भवनभित्र बिहीबार भएको भीषण आगलागीमा सात बालबालिकासहित २१ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

यस घटनामा परी अन्य ३० भन्दा बढी घाइते भएका सुरक्षा र चिकित्सा स्रोतहरुले बताएका छन् ।

शरणार्थी शिविरको ताल–जातर क्षेत्रमा लागेको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको हो ।

प्यालेस्टिनी सिभिल डिफेन्सले एक विज्ञप्तिमा उद्धार टोली र धेरै सुरक्षाकर्मी घटनास्थलमा पठाएको घोषणा गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?