२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

३० वर्षअघिको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिए

दाङ, मंसिर ७। अमेरिकामा ३० वर्षदेखि फ्रिजमा राखिएको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिएका छन्।

यो अहिलेसम्म सबैभन्दा लामो समय राखिएको भ्रूणबाट जीवित जन्मको लागि नयाँ कीर्तिमान मानिएको बिबिसीले जानकारी दिएको छ।


यो भ्रुण सन् १९९२ अप्रिल २२ देखि माइनस १२८ डिग्री सेल्सियसमा राखिएको खबरमा उल्लेख छ। यसअघि २७ वर्षदेखि राखिएको भ्रुणबाट सन् २०२० मा शिशुको जन्म भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?