२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

विवाहको केही घण्टापछि नै गायकको मृत्यु, श्रीमती स्तब्ध

दाङ, मंसिर १५। हलिउडका चर्चित कन्ट्री सिंगर जेक फ्लिंटको निधन भएको छ । उनले २६ नोभेम्बरमा विवाह गरेका थिए । त्यसको केही घण्टापछि उनको निदाइरहेकै बेला निधन भयो । गायकको अचानक निधनले उनकी श्रीमती ब्रेन्डा, उनको परिवार र आफन्त स्तब्ध छन् । जेक ३७ वर्षका थिए । उनको मृत्युको कारण पत्ता लाग्न सकेको छैन ।

जेक फ्लिंट ओक्लहोमामा बस्थे । गायकका पब्लिस्स्टि क्लिफ डायलले यो खबर पुुष्टि गरेका हुन् । उनले दिएको जानकारी अनुसार २६ नोभेम्बर शनिबार ब्रेन्डासँग विवाह गरेको केही घण्टापछि जेक फ्लिंटको निधन भएको थियो । जेककी श्रीमती ब्रेंडाको हालत निकै खराब छ । उनले श्रीमानको मृत्युबारे सोसल मिडिषमा एउटा पोस्ट पनि सेयर गरेकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?