२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु

एजेन्सी, मंसिर २०। कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ ।

यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा यात्रुवाहक बस, मोटरसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत तीन जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्रा.डा.ले बताएका छन् ।

पहिराले राजमार्गमा सवारीसाधन पुरेको सूचना पाउनेवित्तिकै देशको जोखिम व्यवस्थापन इकाई र यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो । राजमार्गका केही भागमा पहिरो पन्छाउनुपर्ने भएकाले उद्धार तथा मृतकको खोजी जटिल भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?