२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

अमेरिकामा मङ्गलबार अर्को गोलीकाण्ड, तीन जनाको हत्या

एजेन्सी, माघ ११। अमेरिकामा मङ्गलबार पनि अर्को गोलीकाण्ड भएको छ । यहाँका एकजनाले गोली हानेर तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ ।एक पसलमा गोली हानेर ती व्यक्तिले तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ । अमेरिकाको वासिङटन राज्याको याकिमामा रहेको सो पसलमा एकजना व्यक्तिले गोली प्रहार गरेका थिए ।

गोली प्रहार गर्नुअघि सो पसलमा कुनै पनि विवाद नदेखिएको तर अकस्मात गोली हानेर पसलमा रहेका तीन जनाको हत्या गरेको पसलमा उपलब्ध सिसी क्यामेराका फुटेजमा देखिएको प्रहरीले बताएको छ । पसलमा आएका व्यक्ति यसो यताउता गरेको र पछि आफ्नो साथमा रहेको गोली झिकेर अकस्मात प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गरेपछि सो व्यक्ति कार चलाएर गएको प्रहरीको भनाई छ । केही दिनमात्र अघि अमेरिकाको क्यालिफोर्नियामा भएको यस्तै अर्को एक गोलीकाण्डमा परेर १० जनाको ज्यान गएको थियो ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?