२४ साउन २०७९, मङ्गलबार
9 August , 2022,Tuesday

माओवादी पोलिटब्यूरोमा लफडा : ३१ जना वैकल्पिक सदस्य थपिए

काठमाडौं असार २३ । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो गठनमा लफडा भएपछि ३१ जना वैकल्पिक सदस्य थप गरिएको छ। यद्यपि सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैकल्पिकमा समावेशिता, क्षेत्रीयता र भुगोललगायत मिलाएर छनौट गरिने जानकारी गराएका छन्।

सुरुमा १२५ सदस्यीय भनेर गठन गरिएको पोलिटब्यूरोमा बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुबाटै मापदण्ड के हो भनेर विरोध भएपछि ३१ जना वैकल्पिक सदस्य थपेर १५६ सदस्यीय पुर्‍याइएको थियो। नेता गिरराजमणि पोखरेलले केन्द्र र प्रदेशका कतिपय नेता छुटेकाले वैकल्पिक सदस्य थपिएको बताए।

‘कतिपय सिनियर साथीहरु छुट्नुभयो। कोही प्रदेशको छुट्नुभयो। त्यसले नै वैकल्पिक पोलिटव्युरो सदस्यतिर लैजाने कुरा भएको हो। कहिलेकाहीँ अन्तरसंघर्ष हुँदा खेरी पूर्णता पाउन सहयोग नै पुग्छ,’ उनले भने। अन्तरसंघर्षका कुराहरुमा अनुशासन आयोगले छानबिन गरेर प्रतिवेदन बुझाउने छलफल भएको उनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?