२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

साप च्याम्पिएनसीप : बंगलादेशसँग पराजित हुँदै नेपाल बन्यो उपविजेता

दाङ, असोज ३ । छैटौँ संस्करणको साफ महिला च्याम्पियनसीप २०२२ को उपाधि बङ्ग्लादेशले जितेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्यो ।

बङ्ग्लादेशको जितमा स्याम सुन्हारले खेलको १४ औँ र श्रीमोती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गोल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलको ७० औँ मिनेटमा सान्त्वना गोल गरिन् ।

साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएको हो । नेपाल भने पाँचौँ पटक फाइनलमा पराजित बनेको छ । यसअघिका सबै संस्करण भारतले जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?