२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

आज सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भाना

दाङ, असोज ७ । आज लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने पनि अनुमान गरिएको छ ।

हाल विहान देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका तराई भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?