२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

संसद सचिवालयले महाभियोगलाई निष्प्रभावि ठहर गर्न सक्दैन : पूर्वप्रधानन्यायाधीश शर्मा

काठमाडौं, मंसिर २१ । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले प्रतिनिधि सभामा पेश भएको महाभियोगलाई संसद सचिवालयले निष्प्रभावि ठहर गर्न नसक्ने बताउनुभएको छ । संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशरे जबरामाथिको महाभियोग तत्कालीन प्रतिनिधि सभामा पेश भएको र प्रतिनिधि सभाको कार्यकाल समाप्त भइसकेको जनाउँदै महाभियोग निष्प्रभावि भएको पत्र दिएको छ ।

‘प्रतिनिधि सभाको कार्यकाल समाप्त भइसकेको हुँदा निष्प्रभावि भएको ठहर गर्दै संसद सचिवालयले नियमित कार्य सम्पादनमा पठाउन मिल्दैन,’ पूर्वप्रधानन्यायाधीश शर्माले भन्नुभयो, ‘नयाँ संसद अभिवेशनमा पेश नै भएको छैन । कसरी संसद सचिवालयले निष्प्रभावि भएको भन्न सक्छ ?’

संसद् सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी पत्रमा महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेस, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको उल्लेख छ ।

पूर्वप्रधानन्यायाधीश शर्माले जबराविरुद्धको महाभियोग नयाँ संसदमा जाने बताउनुभयो । ‘संसदले निष्प्रभावि भएको भन्न सक्छ । संसद सचिवालयले होइन,’ उहाँले भन्नुभयो ।

अन्नपूर्ण पोष्टबाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?