२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

दिल्ली नगर निगममा आम आदमीकाे बहुमत

एजेन्सी/दिल्ली नगर निगमको चुनावमा आम आदमी पार्टीले १३४ सिट जितेर बहुमत हासिल गरेको छ । २५० सिटको निगममा आम आदमीले एक्लै १३४ सिटको बहुमत पाएको हो । विगत १५ वर्षदेखि निगमको सत्तामा रहेको भाजपाले १०४ सिट पाएको छ भने कांग्रेस नौ सिटमा सीमित भएको बीबीसी हिन्दीले लेखेको छ ।

दिल्ली एमसीडी चुनावमा जित दर्ता गरेपछि, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीलाई ठिक गर्न आफूले प्रधानमन्त्रीको आशीर्वाद चाहेको बताएका छन् । विजयपछि एक भेलालाई सम्बोधन गर्दै उनले भने, “दिल्लीलाई ठिक गर्न सबैको सहयोग आवश्यक छ, विशेष गरी केन्द्र सरकारको सहयोग ।“ “आज, यस मञ्चबाट, म दिल्लीलाई ठिक गर्न केन्द्र सरकार, विशेष गरी प्रधानमन्त्रीसँग आशीर्वाद चाहन्छु । केन्द्र सरकार र प्रधानमन्त्रीको आशीर्वाद पनि चाहिन्छ ।“

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?