२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

हटेन असारे विकासकाे परम्परा : एक दिनमा १५ अर्ब रुपैयाँ विकास बजेट खर्च

दाङ असार २६ । नेपालमा आर्थिक वर्षको अन्तिम महिना असारमा विकास कार्य गर्ने र बजेट खर्च गर्ने रित नै बसिसकेको छ | यसै रितलाई पछ्याउदै शनिबार असार २५ गते १५ अर्ब रुपैयाँ विकास बजेट खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले असार महिनाको २५ दिनमा मात्रै २५ अर्ब रुपैयाँ खर्च भएको तर एकै दिनमा शनिबार १५ अर्ब रुपैयाँ विकास बजेट खर्च भएको तथ्यांक देखाएको छ |
चालू आर्थिक वर्षमा सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ । एक महिनामा भएको विकास खर्चले वार्षिक लक्ष्यको ५० प्रतिशत समेत छोएको छ । शनिबारसम्मको विकास खर्च हेर्दा ५०.११ प्रतिशत पुगेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?