२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

मोबाइल एपले बाँकेका कृषलाई सहज, तरकारी बेच्न बजार जानु पर्दैन

बाँके, असार २७ । दुई वर्षअघि नेपाल कृषक समूह जयसपुर बाँकेका कृषकले उत्पादन गरेका १२ सय क्विन्टल बन्दाकोबी विक्री नभएर कुहिएको थियो। अहिले त्यस्तो समस्या छैन।

समूहमा आबद्ध ५० जना कृषकले फलाएका तरकारी कृषि पथ नामक मोबाइल एपमार्फत्‌ प्रदर्शन गरेर विक्री गरिरहेको समूहका अध्यक्ष असलम राई बताउनुभयो ।

उत्पादन भएको तरकारीको फोटो खिचेर उक्त एपमा राखेपछि उपभोक्ताले किन्ने गरेका छन् । एपमा तरकारीको फोटो, मूल्य र परिणाम राखिएको हुन्छ । उक्त एप मार्फत पैसा पनि ब्याङ्क खातामा आउने गरेको अध्यक्ष राईको भनाई छ ।

तरकारीसँगै अब खसी, बोका पनि मोबाइल एपमार्फत् विक्री गर्न लागेको पनि असलमले बताउनुभयो।

बाँके जिल्लाबाट प्रयोगमा ल्याइएको कृषि पथ एप अहिले कपिलवस्तु, रूपन्देही, नवलपरासी र बर्दियाका २ हजार ३०० जनाले प्रयोग गरिरहेको बताइएको छ।

यो एपमार्फत्‌ विशेषगरी कृषक, व्यापारी, एग्रोभेट र उपभोक्ताले लाभ लिइरहेको तथा हालसम्म एक करोड ७५ लाख रुपैयाँको कारोबार भइसकेको घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले जनाएको छ।


बीबीसी नेपाली सेवाबाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?