२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

आज पनि बढ्यो नेप्से, २ अर्ब बढीको कारोबार

दाङ, असार २९ । हिजो मंगलबार साढे ११ अङ्कले बढेको शेयर बजार आज पनि ५९ अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५९.५४ अङ्कले बढेर १ हजार ९८६.८२ बिन्दुमा पुगेको छ ।

पहिलो कारोबार दिन सोमबार भारी गिरावट आएको नेप्सेमा मंगलबार ११.६८ अंकले सामान्य सुधार आएको थियो । बजारसँगै कारोबार रकम पनि बढेको छ । २ सय २५ वटा कम्पनीका ५७ लाख ८७ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख रुपैयाँमा कारोबार भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?