२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

गत आवको सरकारी बेरुजु १ खर्ब १५ अर्ब बढी

दाङ, असार २९। गत आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब १५ अर्ब ५ करोड ५० लाख रुपैयाँ सरकारी बेरुजु देखिएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८मा बेरुजु १५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

महालेखापरीक्षक टंकमणि शर्माले गत वर्ष संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, अन्य समिति र संस्थातर्फको बेरुजु १ खर्ब १५ अर्ब ५ करोड ५० लाख रुपैयाँ रहेको जानकारी दिनुभयो । जुन अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढी हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?