२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

ओरालो लाग्दै सेयर बजार : चालु आर्थिक वर्षमा ८७३.९२ अंकले खस्कियाे

दाङ असार ३१ । चालु आर्थिक वर्षमा सेयर बजार ८७३.९२ अंकले ओरालो लागेको छ । २०७८ असार ३१ गगते २८८३.३८ अंकमा रहेको सेयर बजार यो आवको अन्तिम कारोबार दिन शुक्रबार २००९.४६ बिन्दुमा बन्द भएको हो ।

गत आवको अन्तिम दिन ११.३३ अंकले बढेको सेयर बजार चालु आवको अन्तिम कारोबार दिन ७.९३ अंकले बढेर बन्द भएको छ । अघिल्लो आवको अन्तिम दिन ८ अर्ब १४ करोडको सेयर कारोबारमा भएकोमा चालु आवको अन्तिम दिनमा भने १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । शुक्रबार २ घण्टा मात्रै सेयर कारोबार हुँदा कारोबार रकम थोरै भएको हो ।

लगातार घट्दो क्रममा रहेको नेप्से लगातार चार दिन नेप्से वृद्धि हुँदा ९३.८६ अंकको वृद्धि देखिएको छ । लगानीकर्ताहरू विशेष गरी साउन पहिलो साता आउने मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। गभर्नर अधिकारी विवादमा तानिएसँगै अब मौद्रिक नीति आउनेसमय धकेलिन सम्भावना समेत बढेको छ ।

शुक्रबार नेप्से ७.९३ अंकले बढेर २००९.४६ बिन्दुमा अडिएको छ । यसदिन २३१ कम्पनीका ४० लाख ५१ हजार ७७१ कित्ता सेयर २१ हजार ६१५ वटा संख्यामा खरिद बिक्री भएको छ । आज १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ रुपैयाँको कारोबार भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?