२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

असारमा करीब रू. ५३ लाखको खेलौना आयात

काठमाडौं, साउन १९ । वैदेशिक मुद्राको घट्दो सञ्चितिसँगै नेपाल सरकारले दशओटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । ती वस्तुमध्ये खेलौनाको आयातमा पनि प्रतिबन्धको असर परेको छ ।

असारमा यसको आयात रू। ५२ लाख ७५ हजारमा झरेको छ । आर्थिक वर्ष २०७८र७९ मा भन्सार विभागबाट प्रकाशित मासिक तथ्यांक हेर्दा पुसमा सर्वाधिक रू। ११ करोडको खेलौना आयात भएको छ ।

गत आर्थिक वर्षमा खेलौनाको कुल आयात भने ७९ करोड ७० लाख रुपैयाँको भएको थियो । आर्थिक अभियानबाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?