२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

आज घट्यो शेयर बजार

दाङ, साउन २३ । आज शेयर बजार घटेको छ । कारोबारको पहिलो दिन आइतबार (हिजो) १० अंकले बढेको शेयर आज दोस्रो दिन १७.६७ अङ्कले घटेको हो ।

आज शेयर बजार परिसुचक ०.८३ प्रतिसतले घटेर २ हजार १०६.०६ को विन्दुमा झरेको छ । आज २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०।८३ प्रतिशतले बढेर ४०६.१४ को बिन्दुमा पुगेको छ ।

आज १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डको परिसूचक बढेको छ । ११ उपसमूहको परिसूचक घटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?