२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

कर्मठ सहकारी संस्था ३ लाख राशीको पुरस्कारबाट पुरस्कृत

दाङ, भदौ ३० । दाङको लमहीमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सरकारी संस्था ३ लाख राशीको रास्ट्रीय स्वर्णिम प्रतिभा पुरस्कारबाट पुरस्कृति भएको छ । बिहीबार एक कार्यक्रमकाबीच सहकारीलाई हेफर प्रोजेक्ट नेपालले उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । हेफर प्रोजेक्टले सहकारीले गर्दै आएको कामको उच्च मुल्यांकन गरेर देशभरबाट छनौट गरी कर्मठ सहकारीलाई पुरस्कृत गरेको हो ।

हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा बिस २०६८ साल मंसिर २२ गते साना किसान उधमी सुदृढीकरण परियोजना अन्तर्गत समुह बनाएर शुरूवात गरेको कार्यक्रमलाई बिस २०७० कार्तिक १४ गतेका दिन सहकारी दर्ता गरि हस्तान्तरण गरिएको थियो ।

सहकारी दर्ता भएपछि पनि हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङले पशु बस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानहरुको संस्था सबलिकरण परियोजना अन्तर्गत काम गर्दै सहकारीलाई सबल गराउने काम गरिरहरको छ ।

२५ जना सदस्यबाट दर्ता गरिएको सहकारीमा अहिले १३ सय ३५ जना शेयर सदस्यहरु आबद्ध छन् । करोड कुल पूँजी रहेको उक्त सहकारीले ५ जना लाई रोजगारी दिइरहेको छ ।

वर्षेनी २ हजार बढी खसी बाख्रा बिक्री गर्दै आएको र सहकारी बाटै पशुको स्वास्थ उपचार, बिमा सेवा, घाँसको बिउबिजन उपलब्ध तथा रासायनिक मलको बिक्री बितरण गर्दै आएको सहकारीले जनाएको छ ।

सेवा नेपालका अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यता र पूर्वमन्त्री गोकर्ण बिस्टको बिशिष्ट आतिथ्यमा सप्पन्न भएको कार्यक्रममा कर्मठ सहकारीसँगै बिहानी, प्रयास र प्रतिभा सामाजिक उधमी महिला सहकारी संस्था पनि पुरस्कृत भएका छन् ।

कार्यक्रममा हेफर इन्टरनेश्नल अमेरिका का बरिष्ठ उपाध्यक्ष डाक्टर महेन्द्र नाथ लोहनी, लेखा अधिकृत मार्सिया रेस्फुसेन लगायतको सहभागिता थियो । रास्ट्रीय निर्देशक डाक्टर शुभ नारायण महतोको स्वागत मञ्चब्यबाट सुरु भएको कार्यक्रममा हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक डाक्टर तिर्थ रेग्मीले कार्यक्रमको उदेश्य र नेपालमा हेफरले गरेको कामको बारेमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रम लुम्बिनी सम्मेलन तथा ध्यान केन्द्र भैरहवा रुपन्देहीमा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?