२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

अर्थतन्त्रमा संकट छैन, चुनौती मात्र छ : अर्थमन्त्री

दाङ, मंसिर १५। अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताउनुभएको छ । अहिले केही चुनौतीको सामना अर्थतन्त्रले गरिरहेको भन्दै उहाँले यसलाई संकट भन्न नमिल्ने तर्क गर्नुभएको हो।

बिहीबार आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले भन्नुभयो, ‘अर्थतन्त्र सङ्कटमा छ भन्नु नबुझ्ने कुरा हो, चुनौती छन्, त्यसको सामना गर्ने उपाय खोज्नु पर्छ ।’ आर्थिक सूचकांकले समेत यस्तै संकेत गर्ने उहाँको भनाइ छ ।

मुलुकको अर्थतन्त्रको विशेषतालाई बुझ्न समेत उहाँले आग्रह गर्नुभयो । नेपालको अर्थतन्त्र ह्वात्तै घट्ने र सिधै माथि जाने अवस्था नरहेको उहाँले बताउनुभयो । यद्यपि राजस्व संकुचन र उत्पादन वृद्धि हुन नसकेको उहाँले स्वीकार गर्नुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?