२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा रक्तदान

दाङ, पुस १८ । ग्लोवल आइएमई बैंक घोराही शाखाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत १६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको शाखा प्रबन्धक डिल्लीराज भुसालले जानकारी दिनुभयो ।

रगतको अभावमा बिरामीहरुले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको शाखा प्रबन्धक भुसालले जानकारी दिनुभयो । ‘हामीले हरेक वर्ष स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं’, शाखा प्रबन्धक भुसालले भन्नुभयो, ‘१६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छौं । रगतको अभावमा कोही पनि बिरामीले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’

ग्लोवल बैंकका लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठ र घोराही शाखा प्रबन्धक डिल्लीराज भुसालले शुभारम्भ गर्नुभएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, शुभेच्छुक गरी ८३ जनाले रक्तदान गरेको शाखाका कर्जा अधिकृत अमृत बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा रक्तसञ्चार केन्द्र घोराहीले प्राविधिक सहयोग गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?