२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

भारतीय कमेडियन राजु श्रीवास्तवको मृत्यु

दाङ, असोज ५ । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा मृत्यु भएको छ । हृदयघातका कारण दिल्लीको अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्समा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उहाँलाई व्यायामका क्रममा हृदयघात भएको थियो । स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार हुनुहुन्थ्यो । सन् २००५ को कमेडी सो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जको पहिलो सिजनबाटै उहाँले ख्याति कमाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?