२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

कृष्ण बलामीको ‘राजा रानी’ गीत सार्वजनिक

दाङ, असोज ६ । गायक कृष्ण बलामीको स्वर र शब्दमा ‘राजा रानी’ बोलको गीत सार्वजनिक भएको छ ।

सन्तोष श्रेष्ठले निर्माण गरेको उक्त गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गर्नुभएको हो । आभा थापा र रोमन श्रेष्ठको अभिनय रहेको गीतमा धनेश परियारको संगीत रहेको छ ।


गीतको भिडियोलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने दिनेश न्यौपानेले एरेन्ज गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?