२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

फिल्म 'सरी मम' को गीत सार्वजनिक

दाङ, मंसिर ६ । लागुऔषध विरुद्धको सन्देशसहित निर्माण भएको फिल्म 'सरी मम' को गीत सार्वजनिक भएको छ।

बुढासुब्बा डिजिटल युट्युबमार्फत ुनिःस्वार्थ मायाु बोलको गीत सार्वजनिक गरिएको हो।

प्रज्वल श्रेष्ठको स्वर रहेको गीतमा उनले नै शब्द तथा संगीत संयोजनको काम गरेका छन्। गीतको भिडिओमा फिल्ममा समावेश मुख्य कलाकारहरू फिचर्ड छन्।

यो फिल्मलाई नविन बोगटीले निर्देशन गरेका हुन्।

एनएफआई क्रियशनको ब्यानरमा बनेको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कँडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?