२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

'कस्टडी' बाट सार्वजनिक भयो नागा चैतन्यको लुक

दाङ, मंसिर ८। दक्षिण भारतीय अभिनेता नागा चैतन्यको आगामी फिल्म 'कस्टडी' को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ।

अभिनेता चैतन्यको ३६ औं जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो।

सार्वजनिक पोस्टरमा नागा चैतन्यलाई पुलिस ‘कस्टडी’ मा देख्न सकिन्छ। उनलाई पुलिसकर्मीहरूले बन्दुक ताकेका छन्।

पोस्टर सार्वजनिक गरिए पनि फिल्मको प्रदर्शन मिति तोकिएको छैन। त्यस्तै अहिलेसम्म मुख्य अभिनेत्रीको बारेमा पनि जानकारी दिइएको छैन।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?