२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

फिल्म 'फूलबारी'को ट्रेलर सार्वजनिक

काठमाडौं, माघ ११। रामबावु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा असमझदारीले गर्दा परिवारमा आउने उतारचढावको कथा देखाइएको छ।

ट्रेलरमा विपीन कार्की र अरुणा कार्की वृद्ध दम्पतीको भूमिकामा देखिएका छन्। सन्तान र अभिभावकबीचको प्रेम सम्बन्ध र वैचारिक असमक्षदारीले गर्दा उत्पन्न हुने समस्यालाई ट्रेलरले समेटेको छ।

फिल्ममा विपीन र अरुणाका साथै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनीष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्म फागुन ५ देखि प्रदर्शन हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?