२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

प्रहरी हिरासतबाट भागेका अभियुक्त पक्राउ

दाङ, साउन २३ । बर्दियामा प्रहरी हिरासतबाट भागेका जवरजस्ती करणीका एक अभियुक्तलाई प्रहरीले पुन: पक्राउ गरेको छ । बाँकेको खजुर गाउँपालिका ८ बस्ते वर्ष २६ का अब्दुल खाँ प्रहरी हिरासतबाट साउन ९ गते विहान करिब ११ बजे भागेका थिए ।

खानखाने समयमा ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट भागेका खाँलाई बर्दियाको बढैयाताल गाउँपालिका २ नेपाल भारत सीमाबाट आज दिउँसो सवा १२ बजे प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको बर्दिया प्रहरीका सूचना अधिकारी सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्