२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

बर्दियामा नाबालक छोरोको हत्या आरोपमा बुवा पक्राउ

दाङ, साउन २३ । बर्दिया ३ वर्षीय नाबालक छोरोको हत्या गरेको अरोपमा बुवा पक्राउ परेका छन् । बैतडी स्थायी घर भइ हाल बाँकसगढी नगरपालिका ५ मा डेरा गरेर बस्ने डम्बर बहादुर बोहरा नाबालक छोरोको हत्या अरोपमा पक्राउ परेका हुन ।

साउन १६ गते घरबाट छोरालाई लगेर बोहरा भागेका थिए । त्यसपछि आफन्तले खोजि गरिदिन प्रहरीमा निवेदन दिएको दिएका थिए । प्रहरीले खोजतलास गर्नेक्रममा सोमबार (आज) दिउँसो बाँकेको कोहलपुरबाट बोहरालाई पक्राउ गरेको हो ।

उनी पक्राउ परेपछि नाबालक छोराको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नावय उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । 'बाबुलाई पक्राउ गरियो र सोधपुछ पछि उनले नै सिकाएको ठाउँमा छोरोका पनि शव फेला परेको छ ।' प्रहरी नायव निरीक्षक सुवेदीले भन्नुभयो।

उहाँले अगाडा भन्नुभयो, 'भर्खरै हामीले शव फेला पारेका हौँ । उनलाई (बुवा) पनि जिप्रका लिएका छौँ । घटनाबारे अनुसन्धान भइरहेको छ।'

घटनाको थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्