२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

संस्कृत विश्वविद्यालयमा लागेको ताला खोल्न उच्च अदालत तुलसीपुरको अन्तरिम आदेश

दाङ, साउन २३ । दाङको बेलझुण्डिस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन महिनादेखि लागेको ताला खोल्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ । उच्च अदालतकी मुख्य न्यायधीश नीता गौतम दिक्षित र न्यायधीश बबिता उप्रेतिको संयुक्त इजलासले आइतबार ताला खोल्न आदेश दिएको हो ।

तालाबन्दीले पठनपाठनमा असर पुगेको भन्दै ताला खोल्न आदेश दिइएको छ । तालाबन्दी गर्ने नेपाल विद्यार्थी संघ संस्कृत विश्वविद्यालय संघर्ष समितिलाई दिइएको आदेशमा भनिएको छ, 'तालाबन्दीले पठनपाठन अबरुद्ध भई विद्यार्थीको भविष्यमा समेत असर पुग्न गएको देखिएकाले निवेदनको टुंगो नलागेसम्म तालाबन्दी खोली दैनिक कार्य संचालन र पठनपाठन कार्यमा अबरुद्ध नगर्नु ।'

तालाबन्दीका विरुद्धमा अधिवक्ता कुलबहादुर डाँगले मुद्दा दर्ता गर्नुभएको थियो । उक्त मुद्दामा अधिवक्ता पुष्कर बहादुर भण्डारीले वहस गर्नुभएको थियो भने विपक्षी नेपाल विद्यार्थी संघ संस्कृत विश्वविद्यालय संघर्ष समितिको तर्फबाट अधिवक्ता भुपबहादुर केसीले बहस गर्नुभएको थियो ।

विद्यार्थी आन्दोलनका नाममा नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै वैशाख १९ गते देखि तालाबन्दी गरेको थियो । तालाबन्दीपछि विश्वविद्यालय र नेविसंघबीच पटक–पटक वार्ता पनि भयो ।

तर नेविसंघले आफ्नो सम्पूर्ण माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने अडान लिदै आएको थियो । १४ बुँदे मागमध्ये ११ बुँदामा भने सहमति जुटिसकेको छ ।

यो पनि

माग एकातिर निसाना अर्कैतिर : आवेदन दिएसँगै तालाबन्दी

डेढ महिनादेखि संस्कृत विश्वविद्यालयमा ताला : न माग पूरा हुन्छ, न थप आन्दोलन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्