२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

दाङ, साउन २४ । परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार (आज) चीन भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लाग्नुभएको हो ।

खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार यो भ्रमण ‘रेसिप्रोकल’ हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्