२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

ट्याटु व्यवसायमा रमेका गणेश : स्वरोजगार मात्रै होइन, रोजगारी पनि दिएका छन्

दाङ, साउन २४। नेपालमा रोजगार नभएको भन्दै दैनिक सयौँको संख्यामा युवाहरु विदेशी रहेका छन् । खाडिदेखि युरोप, अमेरिका, अष्ट्रेलियालगायत देशमा युवाहरु रोजगार खोज्दै जाने गरिरहेका छन् । अध्ययनका लागि भन्दै विदेशिने युवाहरु पनि अन्ततः रोजगार कै लागि विदेशीएका हुन्छन् ।

यसरी दैनिक सयौँको संख्यामा युवाहरु विदेश जानेक्रम बढिरहँदा केहि यस्ता युवाहरु पनि जो नेपालमै केहि गर्नु पर्छ भनेर लागिपरेका छन् । यस्तै मध्यमा एक हुनुहुन्छ, दाङ घोराही उपमहानगरपालिका– १८ निवासी गणेश भुज । भुज सानैदेखि आर्ट (चित्र बनाउने काम) बनाउन मन पराउँनु हुन्थ्यो ।

आर्ट गर्नु पर्‍यो भने उहाँ, रातदिन पनि लागि पर्नुहुनु हुन्थ्यो । यस्तैमा एक दिन उहाँलाई अर्ट बनाउने कलालाई व्यवसायमा जोड्ने योजना बनाउनुभयो । उक्त योजना अहिले राम्रो आम्दानीको माध्यम भइरहेको छ । भुजले घोराहीमा ‘आर जोन ट्याटु’ नामबाट सेवा दिइरहनु भएको छ।

No description available.

विगत १० वर्षदेखि उहाँ ट्याटुको माध्यमबाट आर्ट बनाउने काममा लागिपरी रहनुभएको छ। अहिले ट्याटु बनाउने फेसनका रुपमा विकास भइरहँदा व्यवसाय पनि राम्रै हुँदै गइरहेको भुज बताउँनुहुन्छ । ‘१० वर्ष अघि त, ट्याटु बनाउन त्यस्तो आउँदैन थिए,’ उहाँले भन्नुभयो, ‘अहिले राम्रै छ । फेसन, शोखका रुपमा ट्याटु बनाउने बढ्दै गएको छ ।’

५० हजारबाट लगानी गरेर ट्याटु बनाउने कामको थालनी गरेका भुजले अहिले आएर ५० लाख बढीको लगानी गरिसकेका छन् । लगानी मात्रै होइन । उनले ३ जनालाई रोजगार दिएका छन् । ट्याटु बनाएर मासिक २ लाखसम्मको आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

No description available.

भुजले अहिले आएर ट्याटु बनाउने मात्र होइन, बनाएको टुयाटु मेटाउने काम पनि गरिरनुभएको छ । जिल्लामा नै पहिलो पटक लेजर ट्याटु रिमुभर मेसिन भित्र्याएर उहाँले ट्याटु मेटाउने काम पनि गर्ने थालेको भुजले बताउनुभयो । ‘जिल्लामा नै पहिलो पटक हामीले ट्याटु मेटाउनका लागि मेसिन ल्याएका छौँ । अब ट्याट् बनाउनेलाई मात्र होइन, मेटाउनेलार्य पनि अब सेवा दिनेछौँ ।’ उहाँले भन्नुभयो ।

ट्याटु बनाउन बालकदेखि ५०/६० वर्षका बृद्धहरु पनि आउने गरेको उहाँको अनुभव छ । तर १८ वर्ष मुनिकालाई ट्याटु बनाउन नपाइने उहाँले बताउनुभयो। भुजले ट्याटु बनाउने ट्रेनिङ पनि दिइरहनुभएको छ । साथै वाल पेन्टिङको काम गरेर आर्टका माध्यबाट सेवा दिइरहेको उहाँले बताउनुभयो ।

अब भुजले स्कीन (सौन्दर्य) केयरसम्बन्धी काम गर्ने योजनामा छन् । उहाँले भन्नुभयो, ‘गर्नु पर्ने काम धेरै छ । सानैमा आर्ट गर्ने बानिले आज व्यवासयीक बनाएको छ । थप विस्तार गर्दै अब स्किन केयरसम्बमन्धी काम गर्ने योजना छ ।’

भुज युवाहरुलाई विदेश नजान आग्रह गर्छन । यहि नै आफ्नो इच्छा भएको काममा निरन्तर लाग्न सकियो भने पैसा कमाउन सकिने उहाँको भनाई छ । सुरुसुरुमा पैसा कमाउन सकिएन भनेर व्यवसायमा आत्तिनु भन्दा धैर्य गर्नुपर्ने उहाँ तर्क गर्नुहुन्छ ।

No description available.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्