२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

बबई किनारमा ३ शव फेला, गाडिएका पुराना शव रहेकाे प्रहरीकाे पुष्टि

दाङ, असोज २० । बबई नदीको किनारमा ३ वटा शव फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडानम्बर ११ बगरपुरको बबई नदीको किनारमा तीन शव फेला परेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकाे छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार गाडिएका पुराना शवहरू बाढीका कारण निक्लिएर किनारमा आएको जानकारी दिनुभयाे । ‘गाडिएका पुराना शवहरू बबईमा आएको बाढीले निकालेर किनारमा फालेको रहेछ,’ डिएसपी मल्लले भन्नुभयाे, ‘हामीले फेरि आफन्तलाई खोजेर सुरक्षित स्थानमा गाड्न लगाउँदै छौं ।’ सुरूमा स्थानीयले ती शबहरु बाढीले कतैबाट बगाएर ल्याएको हुन सक्ने आशंका गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्