२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

बस दुर्घटना, १३ जनाको मृत्यु

दाङ, असोज २०। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ तीन नम्बर पुल नजिक अमलेखगंजमा यात्रुबाहक बस दुर्घटना हुँदा जनाको मृत्यु भएको छ । हेटौंडाबाट बिरगंजतर्फ जादै गतेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खस्दा भएको दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएर हेटौँडा अस्पताल ल्याइएको ५ महिला तथा ७ पुरुष गरि १२ जना तथा चुरेहिल अस्पतालमा १ जना गरि १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले घाइतेहरुलाई थप उपचारको लागि हेटौँडा लगिएको बताए । उनले नेपालप्रेससँग भने घाइतेको उद्धारको कार्य जारी छ, उनीहरुलाई सिमर स्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्