२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

बारा बस दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो

दाङ, असाेज २० । बारा दुर्घटनामा मृतककाे संख्या १६ पुगेकाे छ । जिल्लाकाे जितपुर सिमरा वडा नम्बर २२ तीन नम्वर पुल नजिक आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १६ पुगेको हाे।

मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतकहरुको सनाखत हुन बाँकी छ। दुर्घटनामा ३२ जना घाइते भएका छन्। घाइतेमध्ये आठजनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकीलाई थप उपचारका लागि चितवन र बिरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए।

उनका अनुसार थप उपचारका लागि भरतपुर लगिएका एकजनाकाे मृत्यु भएको छ। हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्