२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

‘२ नम्बरी’ लाई उल्लेख्य शो

दाङ, असाेज २० । बडा दशैंको तेस्रो दिन द्वादशीको दिनबाट प्रदर्शन आरम्भ गर्न लागेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को मंगलवारबाटै देशभरका मल्टिप्लेक्सहरुमा अग्रिम टिकट बुकिङ खुलिसकेको छ । ‘कबड्डी ४’ को सुपरहिट जोडी दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेकाले फिल्मलाई काठमाडौं र मोफसलका अधिकांश मल्टिप्लेक्सहरुले उल्लेख्य शो प्रदान गरेका छन् ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रवारका लागि फिल्मलाई आफ्नो देशभरका १० वटा स्टेशनमा कूल ३५ शो उपलब्ध गराएको छ । असोज ७ को ‘प्रेमगीत ३’ र असोज १४ गतेका ‘बाबरी’, ‘विक्रम वेदा’ र ‘पिएस वान’का बावजूद पनि क्यूएफएक्सले ‘२ नम्बरी’लाई ३५ शो उपलब्ध गराउनु अत्यन्त राम्रो छ । ‘वर्ड अफ माउथ’ राम्रो भए फिल्मले शो बढाउँदै जानेछ ।

बिग मुभिज, वान सिनेमाज्, क्रितिपुर सिनेप्लेक्स, क्यूज सिनेमाज्, आइएनआइ सिनेमाज्, विएसआर मुभिज, एफक्यूबलगायतका राजधानीमा मल्टीप्लेसहरुमा पनि फिल्मले राम्रो शो पाएको छ । बलियो स्टारकास्टका कारण मल्टीप्लेक्सहरुले फिल्ममाथि विश्वास गरेको देखिन्छ । गीतसंगीत र ट्रेलरबाट फिल्मको राम्रो हाइप बनेका कारण इनिसियल व्यापार सुखद् हुने अपेक्षा गरिएको छ ।

उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामालगायतको पनि फिल्ममा अभिनय छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्