२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ, असोज २० । आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन क्षेत्रनम्वर १ को मुख्य निर्वाचन अधिकृत मानबहादुर बिष्ट, क्षेत्रनम्वरर २ को जिल्ला न्यायाधीश कृपासुर कार्की र क्षेत्रनम्वर ३ को मुख्य निर्वाचन अधिकृत डोलनाथ न्यौपाने रहनुभयको छ ।

दाङमा तीनवटा निर्वाचन क्षेत्र रहेका छ्न् । गत स्थानीय निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा मात्रै स्थापना गरिएको थियो। यसपालीको निर्वाचनमा दाङका ३ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै क्षेत्रनम्वर २ का मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । भर्खरै दाङ सरुवा भएर आउनु भएका कार्कीले सुरक्षाकर्मी, राजनीतिक दल र संचारकर्मीको सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

उक्त कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन सुरक्षा योजना तयार गरेको बताउनुभयो । तीन वटा अस्थायी निर्वाचन केन्द्र स्थापना गरेर दाङका दुर्इवटा कारागारमा भएकाहरुलार्इ र एउटा कर्मचारीको लागि मतदान गर्ने व्यवस्था गरेको बताउनुभयो ।

कार्यक्रममा दाङ जिल्ला प्रहरी प्रमुख वीरबहादुर वली, राजनीति दलका प्रतिनिधि र पत्रकारको उपस्थिति रहेको थियोे । निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्ष निर्वाचनको उम्मेदवारी दर्ताको समय तोकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्