२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

एमाले बन्याे ६ प्रदेशमा पहिलो दल : संघमा भन्दा प्रदेशमा झण्डै २ लाख बढी लोकप्रिय मत

दाङ, मंसिर २२ । समानुपातिक निर्वाचन प्रणाली अनुसार संघीय निर्वाचनमा ३० दशमलब ६९ प्रतिशतसहित पहिलो पार्टी बनेको नेकपा (एमाले) सात प्रदेश मध्ये ६ प्रदेशमा पहिलो दल बनेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमाले सात वटै प्रदेशबाट ३० लाख २० हजार १ सय १४ मत प्राप्त गरेको छ । संघमा एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको थियो ।

आयोगका अनुसार प्रदेश एकमा एमाले पहिलो पार्टी बनेको छ । एमालेले प्रदेश एकमा ६ लाख ६५ हजार ४ सय ६० मत प्राप्त गरेको छ । उक्त प्रदेशमा एमालेले ३८ दशमलव ५५ प्रतिशत भन्दा बढी मत प्राप्त गर्दा कांग्रेसले ३२ दशमलब ६१ प्रतिशत र राप्रपाले ११ प्रतिशत हाराहारी मत प्राप्त गरेको छ । नेकपा माओवादीले १० प्रतिशतकै हाराहारीमा मत प्राप्त गरेको छ ।

मधेस प्रदेशमा नेपाली कांग्रेस २० दशमलब ४९ प्रतिशतसहित पहिलो बन्दा एमाले १९ प्रतिशतको हाराहारी मतसहित दोस्रो बनेको छ । सो प्रदेशमा एमालेले ३ लाख ५१ हजार ७ सय ६८ मत प्राप्त गरेको छ । मधेस प्रदेशमा जनमत पार्टी तेस्रो र जनतासमाजवादी पार्टी चौथो स्थानमा छ । बागमती प्रदेशमा पनि एमाले ३२ दशमलब ३९ प्रतिशतसहित पहिलो दल बनेको छ । बागमती प्रदेशमा एमालेले ६ लाख ५ हजार ३ सय ५१ मत प्राप्त गरेको छ ।

बागमतीमा नेपाली कांग्रेसले २७ प्रतिशत हाराहारी र माओवादीले १६ प्रतिशतको हाराहारी मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको राप्रपाले १३ प्रतिशत हाराहारी मत प्राप्त गर्दा नेकपा समाजवादीले ४ दशमलब ५ प्रतिशतको हाराहारी मत प्राप्त गरेको छ ।

गण्डकी प्रदेशमा पनि एमाले ३९ दशमलब १ प्रतिशतको हाराहारी मत प्राप्त गरेर पहिलो दल बनेको छ । गण्डकीमा एमालेले ३ लाख ६७ हजार ९ सय ८९ मत प्राप्त गरेको छ । कांग्रेसले ३७ दशमलब ८ र माओवादीले १२ प्रतिशतको हाराहारी मत प्राप्त गरेको छ । ८ प्रतिशतको हाराहारी मतसहित राप्रपा चौथो दल बनेको छ ।
लुम्बिनी प्रदेशमा पनि एमाले पहिलो दल बनेको छ ।

एमालेले लुम्बिनी प्रदेशमा ३२ दशमल १२ प्रतिशतको हाराहारीमा मत प्राप्त गरेको छ । लुम्बिनीमाम एमालेले ५ लाख ७० हजार ९ सय २१ मत प्राप्त गरेको छ । कांग्रेसले २८ दशमलब १३ प्रतिशतको हाराहारीमा मत प्राप्त गर्दा माओवादी ११ प्रतिशतको हाराहारीमा खुम्चिएको छ । कर्णाली प्रदेशमा एमालेले ३२ दशमलब ७१ प्रतिशत मत प्राप्त गरेको छ । एमालेले कर्णालीमा एक लाख ८३ हजार ९ सय ५० मत एमालेले प्राप्त गरेको छ । कांग्रेसलेले यो प्रदेशमा ३० दशमलब ३६ प्रतिशत मत प्राप्त गरेको छ । त्यहाँँ माओवादी २५ र नेकपा समाजवादी र राप्रपा ६ दशमलब २५ प्रतिशतसहित बराबरी अवस्थामा छन् ।

सुदुरपश्चिममा पनि एमाले नै पहिलो दल बनेको छ । सुदुरपश्चिममा पनि एमाले पहिलो पार्टी बनेको छ । एमालेले सुदुरपश्चिममा २ लाख ७४ हजार ६ सय ७५ मत प्राप्त गरेको छ । यो प्रदेशमा एमालेले ३२ दशमलब २३ र कांग्रेसले ३१ दशमलब ६३ प्रतिशत मत प्राप्त गरेको छ । यसरी हेर्दा एमाले लोकप्रिय मतमा सात प्रदेश मध्ये ६ प्रदेशमा पहिलो दल बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्