२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

अमेरिकामा आकाशमा विमान ठोक्कियो

दाङ, असोज २ । अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ ।

बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ । एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?