२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

फुटवल हिंसामा परी इन्डोनेसियामा १ सय २७ जनाको मृत्यु

दाङ, असोज १६ । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १ सय २७ जनाको मृत्यु भएको छ ।

खेलका क्रममा भएको हिंसामा १ सय २७ जनाको मृत्यु भएको हो । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै रोयटर्सले आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १ सय २७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।

हार्ने पक्षका समर्थकहरूले मैदानमा प्रवेश गरेर खेलाडी तथा बिजयी पक्षधर समर्थकहरुलाई आक्रमण गरेका थिए भने अचानक देखा परेको भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा लाठी प्रहार गरेका थिए । सो गर्दा पनि नियन्त्रणमा आउन नसकेको हिंसामा परी १ सय २७ भन्दा बढी फुटवल दर्शकको मृत्यु भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?