२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक

दाङ, मंसिर १८। बालरोग विशेषज्ञ डा. नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् । पुस्तकको डा केसीका आमा टीका केसी, सामाजिक अभियान्ता राधा पौडेल, लेखिका म्यागी डोयनले शनिबार संयुक्तरूपमा लोकार्पण गरे । सो अवसरमा अभियान्ता पौडेलले ‘शून्यको मूल्य’ आफूले आफैँलाई बदल्ने एक महत्वपूर्ण औजार भएको टिप्पणी गरिन् ।

लेखिका डोयनले आफूले बुझेको कर्णालीको यथार्थतालाई डा केसीले शब्द–चित्रद्वारा पस्केको विषय सबैसामु छर्लङ्ग भएको जनाइन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?