२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

घर प्लास्टर गर्ने क्रममा खसेर मृत्यु

मेचीकाली २२ मंसिर २०७९, बिहिबार

दाङ, मंसिर २२ । घर प्लास्टर गर्ने क्रममा खसेर पाल्पाको रामपुरमा २५ वर्षीय गजेश कुसुहवाको बिहीबार मृत्यु भएको छ । रामपुर नगरपालिका–५, बेझाडस्थ्ति दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा पर्सा छिपहरमाई–३, मंगलापुर घर भएका कुसुहवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

2022-12-08-2047

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै

मेचीकाली २२ मंसिर २०७९, बिहिबार

दाङ, मङ्सिर २२ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्सिर २४ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको जानकारी दिनुभयो ।

2022-12-08-2046

समानुपातिक सांसद छान्न एमालेले बोलायो सचिवालय बैठक

मेचीकाली २२ मंसिर २०७९, बिहिबार

दाङ, मंसिर २२ ।  नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । समानुपातिक सांसदको टुंगो लगाउन बैठक बोलाइएको उनले बताए ।

2022-12-08-2045

समानुपातिक सांसद चयनमा रास्वपामा लफडा

मेचीकाली २२ मंसिर २०७९, बिहिबार

दाङ, मंसिर २२ । पार्टी गठनको छोटो समयमै अप्रत्यासित नतिजा निकालेर हौसिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनलाई लिएर लफडा निम्तिएको छ । समावेशी सिद्धान्तका आधारमा संविधानले तोकेको सीमाभित्र रहेर छनोट हुने समानुपातिक सांसद चयन प्रक्रियामा चलखेल भएको भन्दै सो पार्टीमा विवाद शुरु भएको हो ।

2022-12-08-2044

एमाले बन्याे ६ प्रदेशमा पहिलो दल : संघमा भन्दा प्रदेशमा झण्डै २ लाख बढी लोकप्रिय मत

मेचीकाली २२ मंसिर २०७९, बिहिबार

दाङ, मंसिर २२ । समानुपातिक निर्वाचन प्रणाली अनुसार संघीय निर्वाचनमा ३० दशमलब ६९ प्रतिशतसहित पहिलो पार्टी बनेको नेकपा (एमाले) सात प्रदेश मध्ये ६ प्रदेशमा पहिलो दल बनेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमाले सात वटै प्रदेशबाट ३० लाख २० हजार १ सय १४ मत प्राप्त गरेको छ ।...

2022-12-08-2043

दुवै गठबन्धनको बहुमत नपुग्दा लुम्बिनीमा सरकार गठनमा सक्रियता

मेचीकाली २२ मंसिर २०७९, बिहिबार

दाङ, मंसिर २२ । निर्वाचन आयोगले समानुपातिकको सीट संख्या निर्धारण गरेसँगै लुम्बिनी प्रदेशमा सरकार गठनको कसरत शुरू भएको छ। सत्तारुढ र विपक्षी गठबन्धनका नेताहरूले मुख्यमन्त्रीका लागि लबिङ थालेका छन्।

2022-12-08-2042

दिल्ली नगर निगममा आम आदमीकाे बहुमत

मेचीकाली २२ मंसिर २०७९, बिहिबार

एजेन्सी/दिल्ली नगर निगमको चुनावमा आम आदमी पार्टीले १३४ सिट जितेर बहुमत हासिल गरेको छ । २५० सिटको निगममा आम आदमीले एक्लै १३४ सिटको बहुमत पाएको हो । विगत १५ वर्षदेखि निगमको सत्तामा रहेको भाजपाले १०४ सिट पाएको छ भने कांग्रेस नौ सिटमा सीमित भएको बीबीसी हिन्दीले लेखेको छ ।

2022-12-08-2041

आज उधौली पर्व, सरकारद्वारा सार्वजनिक विदा

मेचीकाली २२ मंसिर २०७९, बिहिबार

दाङ, मंसिर २२ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ । किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राईका अनुसार अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ ।

2022-12-08-2040

राउटे समुदायमा छैन महिनावारी विभेद

मेचीकाली २२ मंसिर २०७९, बिहिबार

दैलेख, मंसिर २२ । कर्णालीमा फिरन्ते जीवनयापन गर्ने समुदाय हो, राउटे। उनीहरूको आफ्नै संस्कृति, परम्परा, रहनसहन, भेषभूषा र रीतिरिवाज छ।

2022-12-08-2039

नेप्सेमा दोहोरो अंकको गिरावट, डेढ अर्ब माथिको कारोबार

मेचीकाली २१ मंसिर २०७९, बुधबार

काठमाडौं, मंसिर २१ । सेयर बजार परिसूचमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १६.६१ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १९१७.२८ अंकमा बन्द भएको छ । होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।

2022-12-07-2037

यो हो संसारकै महँगो अंगुर, एउटै दानाको मूल्य ६० हजार

मेचीकाली २१ मंसिर २०७९, बुधबार

दाङ, मंसिर २१ । बजारमा एक किलो अंगुरको मूल्य अहिले झण्डै साढे ३ सय रुपैयाँ जति पर्ला । एक किलोको जम्मा मूल्यको हिसाबले केबल एउटा दाना अंगुरको मूल्य त नगन्य नै हुन्छ ।

2022-12-07-2036

चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने महिला पक्राउ

मेचीकाली २१ मंसिर २०७९, बुधबार

दाङ, मंसिर २१। प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला पक्राउ परेकी छिन् । बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

2022-12-07-2035

चोलेन्द्रलाई रोक्न सर्वोच्चमा कानुन व्यवसायीहरूको धर्ना

मेचीकाली २१ मंसिर २०७९, बुधबार

काठमाडौं, मंसिर २१ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत आउने भएपछि नेपाल बार एशोसिएसनले सर्वोच्च परिसरमा धर्ना थालेको छ।

2022-12-07-2034

उडिरहेको तारा एयरको जहाजमा चरा ठोक्कियो

मेचीकाली २१ मंसिर २०७९, बुधबार

सुर्खेत, मंसिर २१ । उडिरहेको तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगन्जबाट हुम्लाका लागि उडेको कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले बताएको छ।

2022-12-07-2033

संसद सचिवालयले महाभियोगलाई निष्प्रभावि ठहर गर्न सक्दैन : पूर्वप्रधानन्यायाधीश शर्मा

मेचीकाली २१ मंसिर २०७९, बुधबार

काठमाडौं, मंसिर २१ । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले प्रतिनिधि सभामा पेश भएको महाभियोगलाई संसद सचिवालयले निष्प्रभावि ठहर गर्न नसक्ने बताउनुभएको छ । संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशरे जबरामाथिको महाभियोग तत्कालीन प्रतिनिधि सभामा पेश भएको र प्रतिनिधि सभाको कार्यकाल समाप्त भइसकेको जनाउँदै महाभियोग निष्प्रभावि भएको पत्र दिएको छ ।

2022-12-07-2032

जबरा विरुद्धको महाअभियोग निष्क्रिय भएको जानकारी पत्रमा के छ ?

मेचीकाली २१ मंसिर २०७९, बुधबार

दाङ, मंसिर २१। संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी सम्बन्धित निकायलाई दिएको छ।

2022-12-07-2031

चोलेन्द्रविरुद्धको महाअभियोग निश्क्रिय

मेचीकाली २१ मंसिर २०७९, बुधबार

दाङ, मंसिर २१। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिनुभएको हो ।

2022-12-07-2029

स्विजरल्यान्डलाई ६-१ ले हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा

मेचीकाली २१ मंसिर २०७९, बुधबार

दाङ, मंसिर २१। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रंगशालामा मंगलबार राति भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्विजरल्यान्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

2022-12-07-2028

सुर्खेतमा श्रीमानद्वारा श्रीमतीको वीभत्स हत्या

मेचीकाली २१ मंसिर २०७९, बुधबार

सुर्खेत, मंसिर २१। सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका अमर बहादुर आलेमगरले पत्नीको वीभत्स हत्या गरेका छन् ।

2022-12-07-2027

नेपाल कूटनीतिक नोट लेख्छ, भारत सुन्दैन

मेचीकाली २१ मंसिर २०७९, बुधबार

काठमाडौं, मंसिर २१ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत महाकाली क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीका विषयमा करिब एक महिनाको अवधिमा नेपालले भारतलाई दुईपटक कूटनीतिक नोट पठाएको छ। भारतले सो सीमा क्षेत्रमा महाकाली नदीको बहाव फर्काउने गरी तटबन्ध निर्माण गरिरहेको विषयमा नेपालले मंगलबार मात्र भारतलाई कूटनीतिक नोट लेखेको छ।

2022-12-07-2026