२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

बढ्दै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्ने पर्यटकको संख्या

बाँके, असार ३१। बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आजभोली निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् ।

मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी देखिन्थे । पाहुनाले निकुञ्ज सफारीका क्रममा बाघ देखेर फर्केका कारण बढी खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताउनुभयो।

बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको ‘कोर एरिया’मा सफारी तथा ‘जङ्गल वाक’ गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्र १० हजारभन्दा बढी पर्यटक निकुञ्ज घुमेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?