२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

घोराहीमा मगरहरुले प्रदर्शन गरे आफ्नो कला तथा संस्कृति (फाेटाे फिचर)

दाङ,  भदौ २४। दाङको घोराहीमा मगर कला तथा संस्कृति प्रदर्शनी भएको छ । नेपाल मगर संघ दाङको आयोजनामा कला तथा संस्कृति प्रदर्शनी भएको हो । नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मगर समुदायको विभिन्न नाँच, गरगहना, पहिरन आदि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा मगरहरुको भुमे नाँच, भुमे नाँच, पैसेरु नाँच, सालैजो भाका, कौडासँगै मगर भाषाको अक्षरलगायत प्रदर्शन गरिएको थियो । प्रदर्शनमा ५०० बढी दर्शकहरुले अवलोकन गरेका थिए । कार्यक्रमको आकर्षका रुपमा हाँस्य कला खड्कबहादुर पुन (खबपु चन्चलन मगर)ले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य घर्तीमगरले मगर समुदायको विशिष्ट प्रकारको संस्कार संस्कृति भएको भन्दै यसलाई बचाउनका लागि सबै जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले कलासंस्कृतिको मात्र संरक्षण नभई मगर समुदायले आफ्नो विचार निर्माण गर्नु पर्ने पनि बताउनुभयो ।

‘कला संस्कृतिले मनोरञ्जन दिनसक्छ, भावुक बनाउन सक्छ तर विचार निर्माण गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘अब मगर समुदायले विचार निर्माण गर्नुपर्छ । त्यो विचार भनेको मगरात विचार हो ।’ प्रदेशसभा सदस्य घर्तीमगरले अगाडी भन्नुभयो, ‘एघाह्र/बह्रसय वर्षपहिले यहाँ मगरात भन्ने राज्यहरु थिए । त्यसको पछि अस्तित्वनै सकियो । त्यो हामीमा मगरात विचारको ह्रासका कारण भएको हो । अब विचारमातर्फ मगरात भाषा, संस्कृतिलाई स्थापित गर्नुभयो ।’

उहाँले मगर भन्ने जात भएको भन्दै मगरात भन्ने जात अन्तरगत नपर्ने बताउनुभयो । कसैले मगरात भन्नसाथ मगरहरुको जातका रुपमा बुझ्ने गरेको भन्दै उहाँले मगरात भन्ने हिजोको दिनमा रहेको कुनै राज्य रहेको बताउनुभयो । उहाँले अहिले मगरहरुको पहिचानका लागि त्यस्ता पहिचानसहितको राज्य चाहिने पनि भनाई राख्नुभयो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?