२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

दाङ, असोज ६ । रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङ्सी बगरमा बस दुर्घटना भएको हो । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।

काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिनुभयो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?