२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

घोराहीमा ‘उदय सोताङ र मनिला सोताङ सांगीतिक साँझ’ हुने

दाङ, असोज ७ । बिजयादशमी तथा दिपावलीको अवसरमा घोराहीमा सांगितिक साँझ हुने भएको छ । हिन्दुहरुको महान् पर्व बिजयादशमी तथा शुभ दिपावली–२०७९ का अवसरमा घोराहीमा सांगितिक साँझ हुने भएको हो । ॐ संगीत कला केन्द्र घोराही शाखाको आयोजनामा घोराहीमा सांगितिक साँझ हुने भएको हो ।

आयोजक ॐ संगीत कला केन्द्र घोराहीले विहीवार घोराहीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको थियो । सुगम संगीतका वरिष्ठ कलाकारहरु उदय सोताङ र मनिला सोताङ युगल सांगितिक साँझ हुने आयोजकले जानकारी दिएको छ ।

साविक राप्तीमै पहिलो पटक यो जोडीको सांगितिक साँझ आयोजना गरिएको आयोजक ॐ संगीत कला केन्द्र घोराहीका संयोजक राजेन्द्र दाहालले जानकारी दिनुभयो। उहाँकाअनुसार असोज १६ गते फुलपातिका दिन घोराहीको माला ईन होटलमा बेलुका साढे ५ बजेदेखि कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा प्रवेशकालागी ५ सय र १ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । सोताङ जोडीको ‘छिनछिनमै हास्न मन लाग्छ, हजार जुनिसम्म पर्खी बसे तिमीलाई, उकालि चढौला ओराली झरौला, भिज्यो सिरानी रातमा, तिमी बिना बाँच्नै गाह्रो भो’ लगायतका गीतहरु लोकप्रिय रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?