२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

शान्ति निकेतनको दशै मिलन : विद्यार्थीलाई जमरा उपहार (फोटो फिचर)

दाङ, असोज ११ । दाङ घोराहीमा रहेको शान्ति निकेतन विद्यालयले दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मंगलबार विद्यालयमा दशै मिलन तथा शुभकामना आदप्रदान कार्यक्रम गरिएको हो ।

विद्यालयका प्रध्यानध्यापक टिका बस्नेतको अध्यक्षता तथा पूर्व प्रध्यानध्यापक सुनिल गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टिका र जमरा उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गौतमले विद्यालयले विद्यालाई शिक्षासँगै संस्कारमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपाली चाडपर्वहरुमा पश्चिमा संस्कृतिको प्रभाव पर्न थालेको भन्दै सानै उम्मेरदेखि बालबालिकालाई आफ्ना चाडपर्वका बारेमा अवगत गराउन आवश्यक रहेको र त्यो शान्ति निकेतनले गरेको उल्लेख गर्नुभयो ।

No description available.

कार्यक्रमका अध्यक्ष तथा विद्यालय प्रध्यानध्यापक बस्नेतले शान्ति निकेतन विद्यालयले विद्यार्थीलाई शिक्षा मात्र होइन संस्कार पनि दिइरहेको बताउनुभयो । उहाँले जसस्वरुप विद्यार्थीलाई टिका र जमरा विद्यार्थीलाई उपमहार दिएको जानकारी गराउनुभयो ।

दशै सबै नेपालीहरुको साझा पर्व बनाउनुपर्ने भन्दै प्रध्यानध्यापक बस्नेतले विद्यालयले हरेक वर्ष यस्तै खालका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो । ‘विद्यालयले किताबी ज्ञानसँगै व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेका छ । शिक्षासँगै संस्कार जोड्ने हाम्रो अभियान रहेको छ ।’ उहाँले भन्नुभयो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?