२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

महासचिव पोखरेलको वेबसाइट सार्वजनिक

दाङ, कार्तिक २ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको आधिकारिक वेबसाइट सार्वजनिक गरिएको छ । पोखरेलसँग सम्बन्धित सामग्रीहरु प्रकाशन गर्ने उद्देश्यले वेबसाइट तयार पारिएको उहाँका स्वकीय सचिव सरोजकुमार रेग्मीले जानकारी दिनुभयो ।

महासचिव पोखरेलको जीवनी, समाचार, विचार, अन्तर्वार्तालाई एउटै स्थानमा उपलब्ध होस् भन्ने उद्देश्यले http://shankarpokhrel.com सञ्चालनमा ल्याएको स्वकीय सचिव रेग्मीले जानकारी दिनुभयो । ‘महासचिव पोखरेलसँग जोडिएका सामग्रीहरु एकीकृत गर्नका लागि वेबसाइट तयार पारेका छौैं’, स्वकीय सचिव रेग्मीले भन्नुभयो, ‘वेबसाइटले महासचिव पोखरेलका सामग्री संरक्षण हुने र उहाँका सामग्री अध्ययन गर्न चाहने पाठकलाई सजिलो हुने विश्वास लिएका छौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?